काठमाण्डौ । आज बजार दोहोरो अंकले बढ्दा लगानीकर्ताहरु पनि मालामाल बनेका छन्। 

बजार बढ्दा आज एकैदिन लगानीकर्ताहरुको सम्पत्ति पनि २१ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो कारोबार दिन घटेर ३१ खर्ब ३४ अर्ब रुपैयाँमा सीमित बनेको बजार पुँजीकरण आज फेरि बढेर ३१ खर्ब ५५ अर्ब रुपैयाँको उचाइमा पुगेको हो। यो हिसाबले आज एकैदिन लगानीकर्ताहरुले बजारबाट २१ अर्ब रुपैयाँ कमाएका छन्। 

हिजो मंगलबार झिनो अंकको करेक्सन आउँदा बजार पुँजीकरणको आकार झन्डै ७ अर्ब रुपैयाँले घटेको थियो।