काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ हिजो सोमबार तुलनामा स्थिर रहेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ तोलामै ७०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ७०० रुपैयाँ कारोबार भएको छ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।