काठमाण्डौ । केही दिनयता नेपाली मुद्राको तुलनामा बलियो बन्दै गरेको अमेरिकी डरलको भाउ बिहीबार भने खस्किएको छ। 

नेपाल राष्ट्र बैंकले बिहीबार लागि अमेरिकी डलरको खरिददर प्रतिडलर ११७.५२ र बिक्रीदर प्रतिडलर ११८.१२ रुपैयाँ तोकेको छ। हिजोको तुलनामा डलरको भाउ ७८ पैसा खस्किएको हो। 

हिजो बुधबार खरिददर प्रतिडलर ११८.३० रुपैयाँ र बिक्रीदर प्रतिडलर ११८.९० रुपैयाँ रहेको थियो। बुधबार भने मंगलबार तुलनामा ६ पैसाले डलरको भाउ बढेको थियो। 

राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको खरिद दर प्रतिडलर ११८.२४ रुपैयाँ र बिक्रीदर प्रतिडलर ११८.८४ रुपैयाँ तोकेको थियो। जुन यस वर्षकै उच्च हो।

यसअघि सन् २०१८ अक्टोबर १० तारिखमा अमेरिकी डलरको बिक्रीदर प्रतिडलर ११८.७३ रुपैयाँ र खरिददर प्रतिडलर ११९.३३ रुपैयाँ थियो। जुन नेपालकै इतिहासको डलरको उच्च विनिमय दर हो। 

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेका कारण पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ। डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीका लागि महँगो हुन जाने भएकाले यसको असर प्रत्यक्ष रुपमा नेपाली अर्थतन्त्रमा देखिने अर्थविद्हरु बताउँछन्।