काठमाण्डौ । आज आइतबार अमेरिकी डलर भाउ स्थिर रहेको छ। आज युरोको भाउ घटेको छ भने र पाउन्ड स्टेर्लिङको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि कायम विदेशी मुद्राहरुको विनिमय दरअनुसार आज डलरको भाउ स्थिर रहेको हो। योसँगै प्रतिडलर खरिददर ११६.७४ रुपैयाँ र बिक्रीदर ११७.३४ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार डलरको भाउ ९९ पैसाले घटेको थियो। योसँगै शुक्रबार प्रतिडलर खरिददर ११६.७४ रुपैयाँ र बिक्रीदर ११७.३४ रुपैयाँ कायम भएको थियो।

आज पनि युरोको भाउ ३७ पैसाले घटेको छ। आज प्रतियुरो खरिददर १३६.७९ रुपैयाँ र बिक्रीदर १३७.४९ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि युरोको भाउ ५९ पैसाले घटेको थियो। योसँगै शुक्रबार प्रतियुरो खरिददर १३७.१६ रुपैयाँ र बिक्रीदर १३७.८६ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ भने १ रुपैयाँले बढेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१ रुपैयाँ र बिक्रीदर १५१.७८ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पाउन्ड स्टेर्लिङको भाउ १.०८ रुपैयाँले घटेको थियो। योसँगै शुक्रबार प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५० रुपैयाँ र बिक्रीदर १५०.७७ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको दर यस्तो छ–