काठमाण्डौ । आज बुधबार अमेरिकी डलरको भाउ घट्दा युरो र पाउन्ड स्टेर्लिङको भने बढेको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको बुधबारका लागि कायम गरेको विनिमय दरअनुसार डलरको भाउ ३ पैसाले घटेको हो। यो गिरावटसँगै आज प्रतिडलर खरिददर ११८.७६ रुपैयाँ र बिक्रीदर ११९.३६ रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार डलरको भाउ ४२ पैसाले बढेको थियो। हिजो प्रतिडलर खरिददर ११८.७९ रुपैयाँ र बिक्रीदर ११९.३९ रुपैयाँ कायम भएको थियो।  

आज युरोको भाउ ५५ पैसाले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतियुरो खरिददर १३८.८५ रुपैयाँ र बिक्रीदर १३९.५५ रुपैयाँ कायम भएको छ।

हिजो पनि युरोको भाउ ५३ पैसाले बढेको थियो। हिजो प्रतियुरो खरिददर १३८.३० रुपैयाँ र बिक्रीदर १३८.९९ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ १.०८ रुपैयाँले बढेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५४.१६ रुपैयाँ र बिक्रीदर १५४.९४ रुपैयाँ कायम भएको छ। 

हिजो पाउन्ड स्टेर्लिङको भाउ ३ पैसाले बढेको थियो। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५३.०८ रुपैयाँ र बिक्रीदर १५३.८५ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनियम दर यस्तो छ–