काठमाण्डौ । आज शुक्रबार अमेरिकी डलरको भाउ घट्दा युरो र पाउन्ड स्टेर्लिङको भने बढेको छ। 

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको शुक्रबारका लागि कायम गरेको विनिमय दरअनुसार डलरको भाउ आज ५६ पैसाले घटेको हो। यो गिरावटसँगै आज प्रतिडलर खरिददर ११८.७३ रुपैयाँ र बिक्रीदर ११९.३३ रुपैयाँ कायम भएको छ। 

डलरको भाउ हिजो ५४ पैसाले बढेको थियो। यो बढोत्तरीसँगै हिजो प्रतिडलर खरिददर ११९.२९ रुपैयाँ र बिक्रीदर ११९.८९ रुपैयाँ कायम भएको थियो।

आज युरोको भाउ ७६ पैसाले उकालो लागेको छ। आज प्रतियुरो खरिददर १४०.०१ रुपैयाँ र बिक्रीदर १४०.७२ रुपैयाँ कायम भएको छ।

हिजो पनि युरोको भाउ ४० पैसाले बढेको थियो। हिजो प्रतियुरो खरिददर १३९.२५ रुपैयाँ र बिक्रीदर १३९.९५ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ ४३ पैसाले बढेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५४.८१ रुपैयाँ र बिक्रीदर १५५.५९ रुपैयाँ कायम भएको छ। 

हिजो पनि पाउन्ड स्टेर्लिङको भाउ २२ पैसाले बढेको थियो। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५४.३८ रुपैयाँ र बिक्रीदर १५५.१६ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनियम दर यस्तो छ–