काठमाण्डौ । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउन्ड स्टेर्लिङमा बढोत्तरी निरन्तरता पाएको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको सोमबाररका लागि कायम गरेको विनिमय दरअनुसार डलरको भाउ आज स्थिर रहेको हो। योसँगै आज प्रतिडलर खरिददर ११८.४३ रुपैयाँ र बिक्रीदर ११९.०३ रुपैयाँ कायम भएको छ। 

डलरको भाउ हिजो ३० पैसाले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतिडलर खरिददर ११८.४३ रुपैयाँ र बिक्रीदर ११९.०३ रुपैयाँ कायम भएको थियो। 

आज पनि युरोको भाउ ३५ पैसाले उकालो लागेको छ। आज प्रतियुरो खरिददर १४०.६२ रुपैयाँ र बिक्रीदर १४१.३४ रुपैयाँ कायम भएको छ।

हिजो युरोको भाउ २६ पैसाले उकालो लागेको थियो। हिजो प्रतियुरो खरिददर १४०.२७ रुपैयाँ र बिक्रीदर १४०.९८ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ ११ पैसाले बढेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५५.८३ रुपैयाँ र बिक्रीदर १५६.६२ रुपैयाँ कायम भएको छ। 

हिजो पनि पाउन्ड स्टेर्लिङको भाउ ९१ पैसाले बढेको थियो। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५५.७२ रुपैयाँ र बिक्रीदर १५६.५१ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनियम दर यस्तो छ–