काठमाण्डौ । आज शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ। यो दिन युरो र पाउन्ड स्टेर्लिङको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार विदेशी मुद्राहरुका लागि कायम गरेको विनिमय दरअनुसार डलरको भाउ बढेको हो भने युरो र पाउन्ड स्टेर्लिङको भाउ घटेको हो। 

आजको विनिमय दरअनुसार प्रतिडलर खरिददर ११९.७५ रुपैयाँ र बिक्रीदर १२०.३५ रुपैयाँ रहेको छ। यो हिजो बिहीबारको तुलनामा ३३ पैसाले बढी हो। हिजो प्रतिडलर खरिददर ११९.४२ रुपैयाँ र बिक्रीदर १२०.०२ रुपैयाँ रहेको थियो। 

यस्तै आज प्रतियुरो खरिददर १४१.९० रुपैयाँ र बिक्रीदर १४२.६१ रुपैयाँ रहेको छ। यो हिजोको तुलनामा ६९ पैसाले कम हो। हिजो प्रतियुरो खरिददर १४२.५९ र बिक्रीदर १४३.३१ रुपैयाँ रहेको थियो। 

यसैगरी आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५७.४० रुपैयाँ र बिक्रीदर १५८.१९ रुपैयाँ रहेको छ। यो ६१ पैसाले घटेको हो। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५८.०१ रुपैयाँ र बिक्रीदर १५८.८० रुपैयाँ रहेको थियो।