काठमाण्डौ । आज मंगलबार अमेरिकी डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको भाउ पनि बढेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तय गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार यी तीनै मुद्राको भाउ आज बढेको हो। 

आज डलरको भाउ ३६ पैसाले बढेको छ। आज प्रतिडलर खरिददर ११७.४८ रुपैयाँ र बिक्रीदर ११८.०८ रुपैयाँ रहेको छ। हिजो प्रतिडलर खरिददर ११७.१२ रुपैयाँ र बिक्रीदर ११७.७२ रुपैयाँ रहेको छ। 

युरोको भाउ आज ७६ पैसाले बढेको छ। आज प्रतियुरो खरिददर १४०.२० रुपैयाँ र बिक्रीदर १४०.९२ रुपैयाँ रहेको छ। हिजो प्रतियुरो खरिददर १३९.४४ रुपैयाँ र बिक्रीदर १४०.१५ रुपैयाँ रहेको थियो। 

यो दिन पाउन्ड स्टेर्लिङको भाउ २१ पैसाले बढेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५६.५९ रुपैयाँ र बिक्रीदर १५७.३९ रुपैयाँ रहेको छ। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५६.३८ रुपैयाँ र बिक्रीदर १५७.१८ रुपैयाँ रहेको थियो।