काठमाण्डौ । अमेरिकी डलरसँगै आज बिहीबार युरो र पाउन्ड स्टेर्लिङको भाउ पनि घटेको छ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ १९ पैसाले घटेको छ। योसँगै आज प्रतिडलर खरिददर ११७.०४ रुपैयाँ र बिक्रीदर ११७.६४ रुपैयाँ कायम भएको छ।

हिजो डलरको भाउ २६ पैसाले बढेको थियो। योसँगै प्रतिडलर खरिददर ११७.२३ रुपैयाँ र बिक्रीदर ११७.८३ रुपैयाँ कायम भएको थियो।

आज युरोको भाउ पनि ४७ पैसाले घटेको छ। आज प्रतियुरो खरिददर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.३५ रुपैयाँ कायम भएको छ।

हिजो युरोको भाउ ६८ पैसाले बढेको थियो। हिजो प्रतियुरो खरिददर १३८.११ रुपैयाँ र बिक्रीदर १३८.८२ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ १.२२ रुपैयाँले घटेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.०२ रुपैयाँ र बिक्रीदर १५१.८० रुपैयाँ कायम भएको छ।

हिजो पाउन्ड स्टेर्लिङको भाउ ८७ पैसाले बढेको थियो। योसँगै हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.२४ रुपैयाँ र बिक्रीदर १५३.०२ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको दर यस्तो छ–