काठमाण्डौ । आज अमेरिकी डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आज डलरको भाउ ५ पैसाले बढेको छ। योसँगै आज प्रतिडलर खरिददर ११७.१० रुपैयाँ र बिक्रीदर ११७.७० रुपैयाँ कायम भएको छ।

हिजो डलरको भाउ स्थिर रहेको थियो। हिजो प्रतिडलर खरिददर ११७.०५ रुपैयाँ र बिक्रीदर ११७.६५ रुपैयाँ कायम भएको थियो।

आज युरोको भाउ ५१ पैसाले बढेको छ। आज प्रतियुरो खरिददर १३७.६९ रुपैयाँ र बिक्रीदर १३८.३९ रुपैयाँ कायम भएको छ।

हिजो सोमबार युरोको भाउ ६ पैसाले बढेको थियो। हिजो प्रतियुरो खरिददर १३७.१८ रुपैयाँ र बिक्रीदर १३७.८९ रुपैयाँ कायम भएको थियो।

आज मंगलबार पाउन्ड स्टेर्लिङको भाउ १.०६ रुपैयाँले बढेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.२४ रुपैयाँ र बिक्रीदर १५३.०२ रुपैयाँ कायम भएको छ।

हिजा पाउन्ड स्टेर्लिङको भाउ ३८ पैसाले घटेको थियो। योसँगै हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.१८ रुपैयाँ र बिक्रीदर १५१.९५ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–