काठमाण्डौ । अमेरिकी डलरसँगै आज युरो र पाउन्ड स्टेर्लिङको भाउमा गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकले आज बिहीबार विदेशी मुद्राका लागि तय गरेको विनिमय दरअनुसार यी तीनै मुद्रामा गिरावट आएको हो।

आज डलरको भाउ १० पैसाले घटेको छ। यो गिरावटसँगै आज प्रतिडलर खरिददर ११७.३६ रुपैयाँ र बिक्रीदर ११७.९६ रुपैयाँ कायम भएको छ।

हिजो बुधबार भने डलरको भाउ ४१ पैसाले बढेको थियो। यो दिन प्रतिडलर खरिददर ११७.४६ रुपैयाँ र बिक्रीदर ११८.०६ रुपैयाँ कायम भएको थियो।

आज युरोको भाउ ७३ पैसाले घटेको छ। योसँगै आज प्रतियुरो खरिददर १३८.०३ रुपैयाँ र बिक्रीदर १३८.७४ रुपैयाँ कायम भएको छ।

हिजो युरोको भाउ पैसाले बढेको थियो। हिजो प्रतियुरो खरिददर १३८.७६ रुपैयाँ र बिक्रीदर १३९.४७ रुपैयाँ कायम भएको थियो।

पाउन्ड स्टेर्लिङको भाउमा भने आज पनि गिरावट जारी रह्यो। आज १.८५ रुपैयाँको गिरावट आउँदै प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.८८ रुपैयाँ र १५२.६५ रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि पाउन्ड स्टेर्लिङको भाउमा ८८ पैसाको गिरावट आएको छ। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५३.७३ रुपैयाँ र बिक्रीदर १५४.५१ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ –