काठमाण्डौ । आज बिहीबार डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ २० पैसाले घटेको हो। यो गिरावटसँगै आज प्रतिडलर खरिददर ११७.३४ रुपैयाँ र बिक्रीदर ११७.९४ रुपैयाँ कायम भएको छ।

हिजो सोमबार डलरको भाउ २७ पैसाले बढ्दै ११७.५४ रुपैयाँ र बिक्रीदर ११८.१४ रुपैयाँ कायम भएको थियो।

आज युरो भाउ पनि ३८ पैसाले घटेको छ। आज प्रतियुरो खरिददर १३९.२८ र बिक्रीदर १३९.९९ रुपैयाँ कायम भएका छ। हिजो युरोको भाउ ५० पैसाले बढेर प्रतियुरो खरिददर १३९.६६ रुपैयाँ र बिक्रीदर १४०.३७ रुपैयाँ कायम भएको थियो। 

यो दिन पाउन्ड स्टेर्लिङको भाउ ३ पैसाले घटेको छ। योसँगै प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.४६ रुपैयाँ र बिक्रीदर १५२.२३ रुपैयाँ कायम भएको छ। 

हिजो पनि पाउन्ड स्टेर्लिङको भाउ ७१ पैसाले बढेर प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.४९ रुपैयाँ र बिक्रीदर १५२.२६ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–