काठमाण्डौ । आज बिहीबार अमेरिकी डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको भाउमा गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि कायम विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ आज २ पैसाले घटेको छ। योसँगै आज प्रतिडलर खरिददर ११७.४२ रुपैयाँ र बिक्रीदर ११८.०२ रुपैयाँ कायम भएको छ।

हिजो बुधबार डलरको भाउ आज ३३ पैसाले बढेको थियो। योसँगै हिजो प्रतिडलर खरिददर ११७.४४ रुपैयाँ र बिक्रीदर ११८.०४ रुपैयाँ कायम भएको थियो।

युरोको भाउमा आइरहेको गिरावटले बिहीबार पनि निरन्तरता पाएको छ। आज पनि युरोको भाउ २८ पैसाले घटेको छ। यो गिरावटसँगै आज प्रतियुरो खरिददर १३७.५५ रुपैयाँ र बिक्रीदर १३८.२५ रुपैयाँ कायम भएको छ।

हिजो बुधबार युरोको भाउ १९ पैसाले घटेको थियो। हिजो प्रतियुरो खरिददर १३७.८३ रुपैयाँ र बिक्रीदर १३८.५४ रुपैयाँ कायम भएको थियो।

लगातार घटिरहेको पाउन्ड स्टेर्लिङको भाउ आज बिहीबार ७४ पैसाले घटेको छ। योसँगै आज आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १४९.५३ रुपैयाँ र बिक्रीदर १५०.३० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पाउन्ड स्टेर्लिङको भाउ १.१४ रुपैयाँले घटेको थियो। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५०.२७ रुपैयाँ र बिक्रीदर १५१.०४ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको दर यस्तो छ–