काठमाण्डौ । आज शुक्रबार अमेरिकी डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि कायम विदेशी मुद्राहरुको विनिमय दरअनुसार यी तीनै मुद्राको भाउ घटेको हो। आज डलरको भाउ ९९ पैसाले घटेको हो। योसँगै आज पनि प्रतिडलर खरिददर ११६.७४ रुपैयाँ र बिक्रीदर ११७.३४ रुपैयाँ कायम भएको छ।

डलरको भाउ हिजो बिहीबार पनि १४ पैसाले घटेको थियो। हिजो प्रतिडलर खरिददर ११७.७३ रुपैयाँ र बिक्रीदर ११८.३३ रुपैयाँ कायम भएको थियो।

आज युरोको भाउ ५९ पैसाले घटेको छ। योसँगै आज प्रतियुरो खरिददर १३७.१६ रुपैयाँ र बिक्रीदर १३७.८६ रुपैयाँ कायम भएको छ।

हिजो युरोको भाउ १६ पैसाले बढेको थियो। योसँगै हिजो प्रतियुरो खरिददर १३७.८५ रुपैयाँ र बिक्रीदर १३८.५५ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ १.०८ रुपैयाँले घटेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५० रुपैयाँ र बिक्रीदर १५०.७७ रुपैयाँ कायम भएको छ।

हिजो पनि पाउन्ड स्टेर्लिङको भाउ ६८ पैसाले घटेको थियो। योसँगै हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.०८ रुपैयाँ र बिक्रीदर १५१.८५ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको दर यस्तो छ–