काठमाण्डौ । आज बुधबार अमेरिकी डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको भाउ ह्वात्तै घटेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तय गरेको विदेशी मुद्राहरुको विनियम दरअनुसार यी तीनै मुद्राको भाउ आज घटेको हो । 

आज डलरको भाउ १.१९ रुपैयाँले घटेको छ । यो गिरावटसँगै आज प्रतिडलर खरिददर ११६.२९ रुपैयाँ र बिक्रीदर ११६.८९ रुपैयाँ कायम भएको छ । 

हिजो मंगलबार डलरको भाउ ३६ ले बढ्दै प्रतिडलर खरिददर ११७.४८ रुपैयाँ र बिक्रीदर ११८.०८ रुपैयाँ कायम भएको थियो। 

यसैगरी आज युरोको भाउ पनि ९७ पैसाले घटेको छ । यो गिरावटसँगै आज प्रतियुरो खरिददर १३९.२३ रुपैयाँ र बिक्रीदर १३९.९५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार ७६ पैसाले बढ्दै प्रतियुरो खरिदद १४०.२० रुपैयाँ र बिक्रीदर १४०.९२ रुपैयाँ कायम भएको थियो । 

आज पाउन्ड स्टेर्लिङको भाउ पनि १९ पैसाले घटेको छ । योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५६.४० रुपैयाँ र बिक्रीदर १५७.२० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार २१ पैसाले बढ्दै प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५६.५९ रुपैयाँ र बिक्रीदर १५७.३९ रुपैयाँ कायम भएको थियो। 

अन्य मुद्राका आजको विनिमय दर तल हेर्नुहोस् –