काठमाण्डौ । आज शुक्रबार अमेरिकी डलर र युरोको भाउ घटेको छ भने पाउन्ड स्टेर्लिङको बढेको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ १५ पैसाले घटेको छ। योसँगै आज प्रतिडलर खरिददर ११६.८९ रुपैयाँ र बिक्रीदर ११७.४९ रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार पनि डलरको भाउ १९ पैसाले घटेको थियो। योसँगै हिजो प्रतिडलर खरिददर ११७.०४ रुपैयाँ र बिक्रीदर ११७.६४ रुपैयाँ कायम भएको थियो।

आज युरोको भाउ पनि २२ पैसाले घटेको छ। आज प्रतियुरो खरिददर १३७.४२ रुपैयाँ र बिक्रीदर १३८.१२ रुपैयाँ कायम भएको छ।

हिजो युरोको भाउ पनि ४७ पैसाले घटेको थियो। हिजो प्रतियुरो खरिददर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.३५ रुपैयाँ कायम भएको छ।

आज पाउन्ड स्टेर्लिङको भाउ भने २६ पैसाले बढेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.२८ रुपैयाँ र बिक्रीदर १५२.०५ रुपैयाँ कायम भएको छ।

हिजो पाउन्ड स्टेर्लिङको भाउ १.२२ रुपैयाँले घटेको थियो। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.०२ रुपैयाँ र बिक्रीदर १५१.८० रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको दर यस्तो छ–