काठमाण्डौ । आज बुधबार पनि अमेरिकी डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि कायम विदेशी मुद्राहरुको विनिमय दरअनुसार यी तीनै विदेशी मुद्राको भाउ बढेको हो। आज डलरको भाउ १२ पैसाले बढेको छ। योसँगै आज पनि प्रतिडलर खरिददर ११७.८७ रुपैयाँ र बिक्रीदर ११८.४७ रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार डलरको भाउ २७ पैसाले बढेको थियो। हिजो प्रतिडलर खरिददर ११७.७५ रुपैयाँ र बिक्रीदर ११८.३५ रुपैयाँ कायम भएको थियो।

आज पनि युरोको भाउ ५४ पैसाले बढेको छ। योसँगै आज प्रतियुरो खरिददर १३७.६९ रुपैयाँ र बिक्रीदर १३८.३९ रुपैयाँ कायम भएको छ।

हिजो युरोको भाउ ४९ पैसाले बढेको थियो। योसँगै हिजो प्रतियुरो खरिददर १३७.१५ रुपैयाँ र बिक्रीदर १३७.८५ रुपैयाँ कायम भएको छ।

यसैगरी आज पाउन्ड स्टेर्लिङको भाउ पनि ४३ पैसाले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.७६ रुपैयाँ र बिक्रीदर १५२.५३ रुपैयाँ कायम भएको छ।

पाउन्ड स्टेर्लिङको भाउ हिजो मंगलबार पनि १.५७ रुपैयाँले बढेको थियो। हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.३३ रुपैयाँ र बिक्रीदर १५२.१० रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको दर यस्तो छ–