काठमाण्डौ । सुनको भाउ बढ्ने क्रम आज बिहीबार पनि जारी रहेको छ।
लगातार ओरालो लागिरहेको सुनको भाउ हिजोबाट बढ्न थालेको हो। यो बढोत्तरीले आज पनि निरन्तरता पाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९६ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ३०० रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९६ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ९०० रुपैयाँ कायम भएको थियो।
यसअघि गत आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँ घटे पनि सोमबार स्थिर रहेको थियो। गत मंगलबार पुनः सुनको भाउमा ३०० रुपैयाँको गिरावट आएको थियो।
आज चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको १ हजार ३२५ रुपैयाँ कायम भएको छ। हिजो बुधबार पनि तोलामा ५ रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ३१५ रुपैयाँ कायम भएको थियो।
29 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago