काठमाण्डौ । आज बुधबार पनि अमेरिकी डलर, युरो र पाउन्ड स्टेर्लिङको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आज पनि डलरको भाउ २६ पैसाले बढेको छ। योसँगै प्रतिडलर खरिददर ११७.२३ रुपैयाँ र बिक्रीदर ११७.८३ रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार पनि डलरको भाउ २३ पैसाले बढेको थियो। योसँगै प्रतिडलर खरिददर ११६.९७ रुपैयाँ र बिक्रीदर ११७.५७ रुपैयाँ कायम भएको थियो।

आज पनि युरोको भाउ ६८ पैसाले बढेको छ। आज प्रतियुरो खरिददर १३८.११ रुपैयाँ र बिक्रीदर १३८.८२ रुपैयाँ कायम भएको छ।

हिजो युरोको भाउ ६६ पैसाले बढेको थियो। हिजो प्रतियुरो खरिददर १३७.४३ रुपैयाँ र बिक्रीदर १३८.१४ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ ८७ पैसाले बढेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.२४ रुपैयाँ र बिक्रीदर १५३.०२ रुपैयाँ कायम भएको छ।

हिजो पाउन्ड स्टेर्लिङको भाउ ३८ पैसाले बढेको थियो। योसँगै हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.३७ रुपैयाँ र बिक्रीदर १५२.१४ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको दर यस्तो छ–