काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार पनि सुनको भाउमा बढोत्तरी आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँको बढोत्तरी भएको हो। यो वृद्धिसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँ कायम भएको छ।
हिजो पनि सुनको भाउमा ३०० रुपैयाँको बढोत्तरी भएको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउमा २५ रुपैयाँको बढोत्तरी भएको छ। यो वृद्धिसँगै प्रतितोला चाँदीको भाउ १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार ३४० रुपैयाँ काय भएको थियो।
41 minutes ago
47 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago