काठमाण्डौ । सुनको भाउ ओरालो लाग्ने क्रम आज शुक्रबार फेरि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले ओरालो लागेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ८०० रुपैयाँमा कायम भएको छ।
यो साताभरि एक दिन सुनको भाउ बढ्यो भने तीन दिन बढ्यो। दुई दिन भने सुनको भाउ स्थिर रह्यो।
त्यसो त यो साताभरि सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले घटेको छ। गत शुक्रबार प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यो साता अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ८०० रुपैयाँ कायम भएको छ।
आज चाँदीको भाउ पनि १० रुपैयाँले घट्दै तोलाको १ हजार १६५ रुपैयाँ कायम भएको छ। समग्रमा यो साताभरि चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँ घटेको छ।
17 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
4 hours ago
5 hours ago