काठमाण्डौ । सुनको भाउमा आज मंगलबार भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार ८०० रुपैयाँले ओरालो लागेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार रुपैयाँमा सीमित बनेको छ। 

सुनको भाउ हिजो सोमबार स्थिर रहेको थियो भने अस्ति आइतबार तोलामा ३०० रुपैयाँले बढेको थियो। गत आइतबार र सोमबार प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ घटेर १ हजार १८० रुपैयाँमा झरेको छ। चाँदीको भाउ पनि गत आइतबार सोमबार स्थिर रहँदै १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो।