काठमाण्डौ । आज बुधबार सुनको भाउ थोरै बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँग आज प्रतितोला फाइन गोल्ड ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
गत सोमबार ७०० रुपैयाँले बढेको सुनको भाउ आइतबार भने स्थिर रहेको थियो।
आज बुधबार चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ। योसँगै आज चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको थियो। गत सोमबार तोलामा ३५ रुपैयाँ बढेको चाँदीको भाउ आइतबार भने स्थिर रहेको थियो।
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago
13 hours ago
13 hours ago