काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ८०० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार पनि सुनको भाउ ८०० रुपैयाँले उकालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाका १ हजार ३१० रुपैयाँ नै कायम भएको छ। हिजो बिहीबार तोलामा २० रुपैयाँ बढेर चाँदी १ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो।