काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको बम्पर लाभांश अनुमोदन गर्न आज पुस २९ गते वार्षिक साधारणसभा डाकेको छ।
कम्पनीको साधारणसभा आज पर्साको वीरगन्जस्थित पिनीबिर्तामा रहेको रजिस्टर्ड कार्यालयमा हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १०० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद रहेका छन्।
लाभांश र सभा प्रयोजनाका लागि कम्पनीले गत पुस १७ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ पुस १६ गतेसम्म कायम सेयरधनीहरुमात्र कम्पनीले घोषणा गरेको लभांश र सभामा भाग लिन योग्य भएका छन्।
41 minutes ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago