काठमाण्डौ। युद्धको तयारीस्वरुप आणविक हतियार बनाउन सक्षम पाकिस्तानले कोरोनाभाइरसविरुद्धको महायुद्ध लड्न भेन्टिलेटर र टेस्टिङ किटसमेत बनाउन नसक्दा अहिले सर्वत्र आलोचना खेप्नु परिरहेको छ।

पाकिस्तानबाट प्रकाशित हुुने अधिकांश उर्दुुभाषी पत्रिकाहरुमा प्रकाशित हुने समाचारहरु कोरोना केन्द्रित छन् र धेरैजसो समाचारमा कोरोना नियन्त्रणमा सरकारका गतिविधिहरुको आलोचना भइरहेको हुन्छ।

पाकिस्तानमा शनिबारसम्म कोरोनाभाइरसबाट ८६ जनाको मृत्युु भइसकेको छ भने ५०३१ जना संक्रमित भएका छन्। जसमा ७८६ जना निको पनि भएका छन्। 

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित पाकिस्तानको पन्जाव राज्य हो। जहाँ २४२५ जना मानिस कोरोनाबाट संक्रमित भएका छन्। तर कोरोनाबाट सबैभन्दा धेरै मृत्युु हुुनमा सिन्ध राज्य रहेको छ। पन्जावमा हालसम्म १९ जनाको कोरोनाबाट मृत्युु भइसकेको छ। 

देशमा कोरोना संक्रमण बढिरहँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोनासँग लड्न आफूहरुसँग पर्याप्त स्रोतसाधनहरु नभएको स्वीकारेका छन्। ‘हामी आणविक हतियार बनाउन सक्छौँ’, उनले भने, ‘तर अहिले कोरोनाविरुद्ध लड्न स्रोतसाधनको अभावमा भेन्टिलेटर र टेस्टिङ किट पनि बनाउन सकिरहेका छैनौँ।’ 

पाकिस्तानी पत्रिका “जंग”का अनुुसार सरकारी टेलिभिजनमार्फत देशवासस्लाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले मास्क र सेनिटाइजर बनाउन कुुनै समस्या नरहेको पनि बताएका छन्। ‘तर हामीलाई हरेक सामान आयात गर्ने बानिपरिसकेको छ’, उनले भनेका छन्। 

आफू देश पूर्ण रुपमा लकडाउन गर्ने पक्षमा नरहेको खानले बताएका छन्। ‘लकडाउनले गरिबी र बेरोजगारी बढ्छ’, उनले भने, ‘कोरोनाको संक्रमण बढ्दै गए पाकिस्तानले यसको बोझ उठाउन सक्दैन।’

प्रधानमन्त्री खानले कोरोनाविरुद्धको लडाइँ जित्न सबै राष्ट्र मिलेर अगाडि बढ्नुपर्ने बताए। ‘एक्लाएक्लै यो युद्ध जित्न सक्दैनौँ’, उनले भनेका छन्। 

यसैबीच पाकिस्तानको सर्वाेच्च अदालतले कोरोनासँग जुुध्नका लागि गरिएका तयारीहरुबारे जानकारी दिन सरकारसँग माग गरेको छ। मुुख्य न्यायाधीश गुुलजार अहमदले सरकारसँग कोरोनासँग लड्न चालिएका कदमहरु र उपचारका लागि अस्पतालहरुमा उपलब्ध सुुविधाहरुका विषयमा जानकारी दिन आग्रह गरेको हो। – एजेन्सी