काठमाण्डौ । नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सन्तोष श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् । 

नेपाल विज्ञापन संघ (आन)मा लामो समयदेखि सक्रिय श्रेष्ठले नेपाली विज्ञापन बजार र मिडियाको प्रतिनिधिन्व गर्दै महासंघमा बस्तुगततर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन् । 

विज्ञापन बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्रेष्ठ डेढ दशकदेखि आनको गतिविधिमा सक्रिय छन् । आनको सचिव, महासचिव र अध्यक्ष हुँदै १० वर्षसम्म सफल नेतृत्व सम्हालेका श्रेष्ठले आगामी दिनमा महासंघलाई पनि सवल र सशक्त रुपमा अघि बढाउन पहल गर्ने उद्देश्य अनुरुप आफूूले उम्मेदवारी दर्ता गरेको बताएका छन् । 

नेपाली उत्पादनको बजारीकरण र औद्योगिक विकासको लागि संचारमाध्यम र विज्ञापनको ठूलो भुमिका हुने र त्यसको लागि आफूूले महासंघ भित्र रहेर सक्दो पहल गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन् । विशेषगरी विज्ञापन र  मिडिया रिसर्चमा राम्रो दख्खल भएका श्रेष्ठले स‘ंघमा रहेर पनि थुप्रै सुधारका कामहरु गरिसकेका छन् । 

सामाजिक कार्यमा बढी चासो राख्ने श्रेष्ठ बागमती सफाइ अभियानका पनि एक मूख्य अभियन्ता हुन् । चार वर्षदेखि बागमती सरसफाइ अभियानमा संलग्न उनी अन्य सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय छन् । बागमती सरसफाइ अभियानको प्रचारप्रसार समितिका संयोजक रहेका श्रेष्ठको सरकार र कर्मचारीतन्त्रसँग राम्रो सम्बन्ध छ । नीतिगत सुधारका काममा सरकारसँग सहकार्य गर्नसक्ने क्षमता भएको श्रेष्ठले आगामी दिनमा महासंघ भित्र रहेर व्यवसायीमैत्री ऐन नियम निर्माणका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

‘महासंघ बलियो भएमात्र त्यसभित्र आवद्ध व्यवसायीहरु सुरिक्ष र सक्षम हुने हुन्,’ उनले भने, ‘महासंघमा पुगेपछि मेरो मुख्य भूूमिका भनेकै महासंघ सुदृढिकरण र व्यवसायीमैत्री ऐननियम तर्जुमा गर्न सरकारसँग पहल गर्ने हुनेछ ।’