काठमाण्डौ । आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव झक्कप्रसाद आचार्य नियुक्त भएका छन्।
अर्थ मन्त्रालयले सहसचिव आचार्यलाई विभागको महानिर्देशकमा नियुक्त गरेको छ। यसअघि उनी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख थिए। सहसचिव आचार्यले यसअघि मध्यमस्तरीय करदाता कार्यालयको प्रमुखको जिम्मेवारी पनि सम्हालिसकेका छन्।
गत माघ १ गतेबाट विभागबाट तत्कालीन महानिर्देशक विनोदबहादुर कुँवरको सरुवा भएको थियो। त्यसपछि विभागमा महानिर्देशकको पद रिक्त थियो।
यो विभाग अर्थ मन्त्रालयअन्तर्गतको महत्वपूर्ण विभाग मानिन्छ।
4 hours ago
4 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
8 hours ago
8 hours ago
10 hours ago