काठमाण्डौ। सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैंकिङ एप सेञ्चुरी पेबाट अनलाईन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ।

यसअन्तर्गत सेञ्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ। यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकले आन्तरिक विप्रेषण सोझै मोबाइल बैंकिङ एपबाट पठाउन सक्नेछन्।

आन्तरिक रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ एपमा रहेको सेञ्चुरी रेमिटमार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सकिनेछ। यसका साथै मोबाइल बैंकिङ एपमा रहेको रिसिभ रेमिटान्स प्रयोग गरी आन्तरिक विप्रेषण कार्य गर्न सकिनेछ। 

यसका साथै यस सुविधाअन्तर्गत ग्राहकले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यलयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेन्टमार्फत रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन्।

बैंकले काठमाण्डौ उपत्यकामा २३ शाखा र ७ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखा र ३ वटा एक्सटेन्सन काउन्टरका साथै २४ वटा शाखारहित बैंकिङ गरी जम्मा १६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ।