काठमाण्डौ । पछिल्लो समय सरकार आन्तरिक तथा बाह्य ऋण निस्फिक्री थपिरहेको छ ।
विभिन्न खालका ऋणपत्रहरु जारी गर्दै धमाधम आन्तरिक ऋण उठाइरहेको सरकारले बाह्य ऋण पनि स्वीकार गर्न छाडेको छैन ।
यही क्रममा भदौ २९ गते बसेको मन्त्रीपरिषद बैठकले ६० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
अपर अरुण जलविद्युत् परियोजनाको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने ६० लाख अमेरिकी डलर बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
शर्माले मन्त्रिपरिषद्का निर्णयबारे आइतबार जानकारी गराउँदै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विमस्टेक) वडापत्र अनुमोदनका लागि सङ्घीय संसद्मा पेश गर्ने निर्णय पनि भएको छ ।
यस्तै, सरकारले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिनेसम्बन्धी सूचना प्रकाशन गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष पदमा बाबुराम पन्तलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।
दसैँ, तिहारलगायत चाडवाडका लागि चिनी आपूर्तिलाई सहज बनाउन भन्सार छुटमा चिनी आयात गर्ने निर्णय पनि सरकारले गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुटमा १० हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृति दिने निर्णय पनि भएको छ ।
मोरोक्कोको माराकेसमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति दिने र चीनको होङझाओ सहरमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगितमा सहभागी हुन युवा तथा खेलकुदमन्त्री र सचिवलाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
5 minutes ago
37 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago