काठमाण्डौ । सरकारको कर नीतिविरुद्ध आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताले आइतबार बिहान काठमाण्डौस्थित डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४) र क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५०)मा तालाबन्दी गरेका छन्।
आन्दोलनरत लगानीकर्ताले आज बिहान ८ बजेतिर ब्रोकर नं. ४४ को काठमाण्डौस्थित मुख्य कार्यालयमा पुगेर तालाबन्दी गरेका हुन्। गत बिहीबारदेखि बन्द गरिएको टीएमएस खोल्न नदिन लगानीकर्ताहरुको टोली नै आज बिहानैदेखि ब्रोकर कार्यालयहरुमा तालाबन्दी गर्न खटाइएका छन्।
लगानीकर्ताहरुले आफ्नो क्षेत्रको टोली नेतासँग फोनमा सम्पर्क गरेर ब्रोकर कार्यालयको मूल गेटमा ताला लगाउन, ताला खोलेर कसैलाई पनि भित्र छिर्न नदिने र तोकिएको पर्चा टाँस्ने अनि दिनभर सोही गेट आसपास बसेर निरीक्षण गर्न आन्दोलनरत लगानीकर्ताहरुले आग्रह गरेका छन्।
तालाबन्दी गरिसकेपछि ९८५१०५८७८२ मा फोन गरेर कुन ब्रोकर कार्यालयमा तालाबन्दी गरिएको हो र अवस्था के छ ? भन्ने जानकारी गराउन पनि स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले आग्रह गरेका छन्। ब्रोकरका संचालक वा कर्मचारीले कुनै जबरजस्ती गरी अप्रिय घटना कसैले गराउन खोजेमा थप लगानीकर्तालाई बोलाएर कार्यक्रम सफल पार्न भूमिका खेल्न उनले आग्रह गरेका छन्।
बाहिरी जिल्लामा रहेका लगानीकर्ताहरुले आफ्नै जिल्लाका ब्रोकर कार्यालयहरुमा तालाबन्दी गर्न र जानकारी गराउन कार्कीले आग्रह गरेका छन्।
यस्ता छन् क्षेत्र र टोली नेता
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago