काठमाण्डौ । सरकारले पुँजीबजारमा लाग्ने पुँजीगत लाभकर यथावत राखेपछि आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले ब्रोकर कार्यालयहरुलाई आफूहरुले लगाएको ताला फुटाउन आग्रह गरेका छन्।
अर्थ मन्त्रालयमा आज भएको आन्दोलनरत लगानीकर्ता र सरकारबीचको वार्ता निष्कर्षमा पुगेसँगै लगानीकर्ताहरुले ब्रोकर कार्यालयहरुमा आफूहरुले लगाएको ताला फुटाएर दैनिक कामकारबाही अगाडि बढाउन आग्रह गरेका हुन्। ‘ब्रोकर कार्यालयहरुमा लगाएको तालाको चाबी हामीसँगै छ, त्यसैले फुटाएर काम सुचारु गर्न हामीले ब्रोकर सञ्चालकहरुलाई भनेका छौँ’, छलफलमा सहभागी एक लगानीकर्ताका नेताले बताए।
आर्थिक विधेयकको २९ नं. बुँदा खारेज गर्न र साबिकको पुँजीगत लाभकर नै अन्तिम कर कायम गर्न माग गर्दै गत बिहीबारदेखि लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका थिए। उनीहरुले आज कारोबार सुरु हुनुअगावै सबै ब्रोकर हाउसमा ताला लगाएका थिए।
अर्थ मन्त्रालयमा भएको छलफलपछि आन्तरिक राजस्व विभागले साबिकको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर हुने सूचना जारी गरेपछि लगानीकर्ता उत्साहित बनेका छन्।
6 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago