काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ कृष्णबहादुर कार्कीले हालको नेप्सको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)प्रतिशत आफैँले शंका व्यक्त गरेका छन्।
नेपाल धितोपत्र बोर्ड (सेबोन)को आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा सन्धनमा आज आयोजित सुझाव संकलन तथा छलफल कार्यक्रममा सीईओ कार्की नेप्सेको हालको टीएमएसप्रति शंका व्यक्त गरेका हुन्। नेप्सेले करोडौँ रकम खर्च गरेर ल्याएको टीएमएसमा सीईओ कार्कीले अविश्वास व्यक्त गर्नु हाल प्रणालीप्रतिको लगानीकर्ताहरुले बेला–बेलामा उठाउँदै आएका प्रश्नलाई बल पुगेको छ। हालको टीएमएस २०७५ कात्तिकबाट सञ्चालनमा आएको थियो।
कार्यक्रममा कार्की अन्तर्राष्ट्रियस्तर अनलाइन ट्रेडिङ आवश्यक रहेको भन्दै सेबोनको ध्यानाकर्षण गराए। ‘अहिलेको परिप्रेक्षमा अन्तर्राष्ट्रिस्तरको टेस्टेड अनलाइन ट्रेडिङ सिस्टम आवश्यक छ’, उनले भने।
कार्कीले अहिले क्लाबहाउसहरुमा हुने बजार प्रभावित हुने खालका गतिविधि नियन्त्रणमा सेबोनले ध्यान दिनुपर्नेमा जोड दिए। ‘यसका लागि कोड अफ कन्डक्ट आवश्यक छ’, उनले भने।
कार्कीले डेरिभेटिभ मार्केट, ईआईएफलगायतका प्रडक्ट डाइभर्सिफिकेसनका लागि अर्थ मन्त्रालयमा समन्वय गर्नुपर्ने बताए। ओटीसी मार्केटका लागि अध्ययन गरेर सिस्टममा ल्याउन नीति व्यवस्था आवश्यक रहेको पनि बताए।
हालको टीएमएस निर्माता कम्पनी वाइकोका प्रबन्ध सञ्चालक दीपेश प्रधानले हालको प्रणाली अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसारको हो वा होइन भन्नेबारे नेप्सेलाई थाहा हुने बताए। ‘हामीले विकास गरेको प्रणालीमा जुनसुकै सुविधा थप्न वा घटाउन मिल्छ’, उनले भने, ‘नेप्से वा सेबोनले यी कुरा टीएमएममा चाहिन्छ भन्छन् भने हामी त्यहीअनुसार थप्न तयार छौँ। सफ्टवेयरमा फेरबदल गर्न कुनै समस्या छैन।’
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
16 hours ago
17 hours ago