काठमाण्डौ । ट्विटरले विश्वभरका आफ्ना २० करोडभन्दा बढी प्रयोगकर्तालाई झट्का दिने तयारी गरेको छ। 

रिपोर्टहरुका अनुसार ट्विटरको ट्विटडेक अब निःशुल्क हुने छैन। ट्विटडेकको नयाँ भर्जन ट्विट ब्लु सर्भिसको हिस्सा हुनेछ। 

रिभर्स इन्जिनियरिङ एक्सपर्ट जेन मनचुव वोंगले ट्विटरले ट्विटडेकलाई शुल्कमा आधारित (पेमेन्ट बेस्ड सर्भिस) सेवाका रुपमा लन्च गर्न लागेको दाबी गरेका छन्। यसलाई ट्विटर ब्लु सर्भिसमा समावेश गरिनेछ। 

नयाँ अपडेटपश्चात प्रयोगकर्ताहरुलाई एडभान्स सर्चको अप्सन पनि प्रदान गरिनेछ। नयाँ अपडेटमा फोटोज, भिडियो, जिफ र इमोजीका बारेमा समेत कयौँ बदलावहरु देखिनेछ। गत वर्षको जुलाइमा ट्विटरले ट्विटडेकको डिजाइनमा ठूलो परिवर्तन गरेको थियो। 

ट्विटडेक ट्विटरको एउटा वैकल्पिक प्लेटफर्म हो। जसका माध्यमबाट एकैपटक धेरै अकाउन्ट एक्सेस गर्न र थुप्रै अकाउन्टहरुको फिड एकैसाथ देख्न सकिन्छ। 

ट्विटडेकमा कयौँ यस्ता फिचर्सहरु छन्, जुन ट्विटरमा उपलब्ध छैनन्। उदाहरणका लागि ट्विटरका माध्यमबाट ट्विटलाई सेड्युल गर्न सकिँदैन। तर ट्विटडेकमा भने यो सुविधा हुनेछ। ट्विटडेकलाई १२ वर्षअघि लन्च गरिएको थियो र ट्विटरले सन् २०११ मा यसलाई खरिद गरेको थियो। –एजेन्सी