काठमाण्डौ । अडानी समूहले देशको सबैभन्दा ठूलो बैंक एसबीआईसँग आफ्ना ३ कम्पनीको थप सेयर धितो राख्ने निर्णय गरेको छ। 

यो निर्णयसँगै १ हजार ३८ करोड रुपैयाँ उठाउने योजना अडानी समूहको छ। समूहले अस्ट्रेलियाको कार्माइकल कोइला खानी र रेल परियोजनाका लागि ऋण लिन यस्तो घोषणा गरेको हो।

यो कर्जा लिनका लागि समूहले आफ्नो अतिरिक्त सेयरलाई ‘धितो’का रुपमा प्रयोग गर्ने निर्णय गरेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अडानी पोर्ट्स एन्ड सेजको ०.३५ प्रतिशत, अदानी ट्रान्समिसनको ०.११ प्रतिशत र अदानी ग्रीन एनर्जीको ०.३८ प्रतिशत अतिरिक्त सेयर एसबीआईसँग धितो राखिनेछ। त्यसपछि अब यी कम्पनीहरुको एसबीआईसँग धितो राखिएको सेयरको अंश बढ्नेछ।

एजेन्सीका अनुसार अब एसबीआईले अडानी पोर्ट्स र सेजको १ प्रतिशत, अडानी ट्रान्समिसनको ०.५५ प्रतिशत र अडानी ग्रीन एनर्जीको १.०६ प्रतिशत कुल सेयर धितो हुनेछ। –एजेन्सी