काठमाण्डौ । चन्द्रागिरी हिल्सले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिसम्म १५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले कम्पनीको नाफामा ७९६.४१ प्रतिशतले बढोत्तरी भएको छ।
यो अवधिसम्म कम्पनीले ९१ करोड ३४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको यस्तो आम्दानी ६६ करोड ८९ लाख रुपैयाँ रहेको थियो। कम्पनीको आम्दानी पनि ३६.५४ प्रतिशतले बढेको छ।
चुक्तापुँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ २३ करोड ४४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म रिजर्भ ३९ करोड ५५ लाख रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ९.८५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस १.१० रुपैयाँ थियो। कम्पनीले ईपीएसमा ७९५.४५ प्रतिशतको छलाङ मारेको छ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ८४.७२ रुपैयाँ रहेको छ।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago