काठमाण्डौ । भारतको खादी तथा ग्रामोद्योग आयोगले आज मंगलबार पर्यावरणअनुकूल, जीवाणुरोधी तथा गैरविषले रंगरोगन गर्न सकिने पेन्ट लन्च गर्दैछ।
‘खादी प्राकृतिक पेन्ट’ पहिलो यस्तो उत्पादन हो, जुन पहिलोपटक गाईको गोबरमा आधारित छ। यो पेन्ट सस्तो र गन्धहीन छ। यसलाई भारतीय मानक ब्युरोद्वाारा प्रमाणित पनि गरिएको छ।
यो वेदिक पेन्टको नामबाट सार्वजनिक गरिनेछ। यो पेन्टको आज भारतका उद्योगमन्त्री नितिन गडकरीले लन्च गर्नेछन्।
यो पेन्ट मुख्य गरी दुई किसिममा उपलब्ध हुने कम्पनीले जनाएको छ। एउटा डिस्टेन्पर र अर्को प्लास्टिक इमल्सन पेन्ट। खादी प्राकृतिक पेन्टको उत्पादन मुख्य गरी किसानको आय बढाउने उद्देश्यसँग जोडिएको छ। फंगसरोधी तथा जीवाणुरोधी गुणका साथ यो पेन्ट सिसा, पारा, क्रोमियम, आर्सेनिक, क्याडमियम र अन्य भारी धातुबाट मुक्त रहेको कम्पनीले जनाएको छ।
यसको प्रौद्योगिकी हन्तान्तरणका माध्यमबाट स्थानीय विनिर्माण र स्थायी स्थानीय रोजगारलाई बढावा दिन सकिने आशा गरिएको छ। ‘यसले गाईको गोबरको खतप बढ्दा किसानको आम्दानीसँगै गौशालाहरुको अतिरिक्त आम्दानी पनि बढ्ने कम्पनीले दाबी गरेको छ। यसबाट प्रतिगाई लगभग भारु ३० हजार वार्षिक आम्दानी हुने अनुमान गरिएको छ। –एजेन्सी
48 minutes ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago