काठमाण्डौ । अब कोभिडविरुद्धको खोप लगाउन जाँदा सुईको दुःखाइको सामना गर्नु नपर्ने भएको छ।
कतिपय मानिसहरु सुईको दुःखाइको डरले खोप लगाउन मानिरहेका छैनन्। त्यस्ता मानिसहरुका लागि खुसीको खबर सार्वजनिक भएको छ।
औषधि निर्माता भारतीय कम्पनी जाइडस क्याडिलाको कोभिडविरुको खोपमा सुई प्रयोग गर्नु नपर्ने भएको हो। कम्पनीले आफ्नो कोभिडविरुद्धको खोप जायकोभ–डी भारत सरकारलाई आपूर्ति गर्न थालेको छ।
भारत सरकारले यो खोप ६ महिनाअघि आपतकालीन प्रयोगका लागि स्वीकृत दिएको थियो। यो १२ वर्ष वा सोभन्दा माथिका मानिसहरुलाई लगाइनेछ। यो तीन डोजवाला प्लाज्मिड डीएनए खोप हो। यो खोप विनासुई फार्माजेट प्रणाली ट्रोपिसमार्फत लगाइनेछ। पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज र ५६ दिनपछि तेस्रो डोज लगाउनुपर्ने कम्पनीले जनाएको छ।
प्रत्येक डोजको मूल्य भारु २६५ लाग्ने कम्पनीले जनाएको छ । यसका साथै सुई–फ्री एप्लिकेटरका लागि थप भारु ९३ तिर्नुपर्ने हुन्छ। यसमा जीएसटी समावेश गरिएको छ।
यो खोप गत डिसेम्बरमै आउने भनिए पनि ढिला भएको हो। कम्पनीका एक अधिकारीले अहमदाबादमा कम्पनीको नयाँ प्लान्टमा केही समस्या आएका कारण डेलिभरीमा ढिलाइ भएको बताएका छन्।
कम्पनीले भारत सरकारबाट गत नोभेम्बरमा एक करोडको डोजको अर्डर पाएको थियो। यसमा प्रत्येक डोजको लागत भारु ३५८ रहेको छ।
जोयकोभ–डीभन्दा पहिला भारतमा तीनवटा खोपहरु प्रयोग भइरहेका छन्। यसमा कोभिसिल्ड, कोभ्याक्सिन र स्पुतनिक–भी समावेश छन्। भारतमा अहिले कोभ्याक्सिन बालबालिकालाई लगाइँदैछ। यसबाहेक कोभोभ्याक्स र कोर्बेभ्याक्स नामक दुईवटा खोप पनि अगाडि बढिरहेका छन्। यी दुवै खोपले गत वर्षमात्र आपतकालीन प्रयोगका लागि अनुमति पाएका थिए। – एजेन्सी
6 minutes ago
16 minutes ago
31 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago