काठमाण्डौ। आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको झन्डै ४ लाख कित्ता संस्थापक सेयर आज (वैशाख २ गते) बाट लिलामी राखिएको छ।

एनआईसी एसिया बैंक लिमिटेको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ३ लाख ९३ हजार ८०१ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। यो लिलामीमा सेयरमा योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताहरुले न्यूनतम १०० कित्ता वा अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौ बबरमहलस्थित कार्यालयमा दिनुपर्नेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति यही वैशाख ८ गतेसम्म तोकिएको छ।