काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा झन्डै २० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा गत वर्षको यही अवधिको तुलनामा ३५.५८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि १५.३१ प्रतिशत बढेर २७ करोड ४६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा २३ करोड ८१ लाख रुपैयाँमात्र रहेको थियो। 

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी २४.९८ प्रतिशतले बढेर ३० करोड ६० लाख रुपैयाँ भएको छ। जुन गत वर्ष यही अवधिमा २४ करोड ४८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले ८ अर्ब ४५ करोड रुपैयाँ सापटी लिई १० अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ७ अर्ब ७२ करोड रुपैयाँ सापटी लिई ८ अर्ब ३८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार १०.०८ प्रतिशतले बढेर १ अर्ब ७१ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १ अर्ब ३ करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २६.४७ रुपैयाँ, पीई रेसियो २६.४७ गुणा र प्रतिसेयर नेटवर्थ २६६.२७ रुपैयाँ रहेको छ।