काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८÷७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले २६ करोड ५९ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिसम्मको तुलनामा ५१.७० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाले १७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ५२.३१ प्रतिशतले बढेर ३७ करोड ९७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा २४ करोड ९३ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ४५.०५ प्रतिशतले बढेर ४४ करोड ७० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३० करोड ८२ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी १ अर्ब २४ करोड रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म २७ करोड ३६ लाख रुपैयाँ सापटी लिई २ करोड २२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले ३५ करोड ७६ लाख रुपैयाँ सापटी लिई ९५ लाख १९ हजार रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिमा संस्थाको रिजर्भको आकार ८.१५ प्रतिशतले घटेर १ अर्ब ३ करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १ अर्ब १२ करोड रुपैयाँ रहेको थियो।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) ०.०६ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ०.०५ प्रतिशत थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २८.५७ रुपैयाँ, पीई रेसियो ३६.४७ गुणा, प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ र तरलता अनुपात २.०६ प्रतिशत रहेको छ।
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago