काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ३५ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ९९.४८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाले १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
संस्थाले यो अवधिसम्म वितरणयोग्य मुनाफा ४४ करोड ५५ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ८६.०१ प्रतिशतले बढेर ५१ करोड ४१ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २७ करोड ६४ लाख रुपैयाँमा सीमित थियो।
गत वर्ष संस्थाले ६० करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४० करोड ४६ लाख रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी ४९.५९ प्रतिशतले बढेको छ।
समीक्षा वर्षसम्म संस्थाले २५ करोड १५ लाख रुपैयाँ सापटी लिई ११ अर्ब ६८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ३५ करोड ७६ लाख रुपैयाँ सापटी लिई ११ अर्ब ६५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
संस्थाको रिजर्भको आकार ८.०५ प्रतिशतले घटेर १ अर्ब ३ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब १२ करोड रुपैयाँ थियो।
संस्थाको एनपीएल ०.०५ प्रतिशत रहेको छ। अघिल्लो वर्ष पनि एनपीएल ०.०५ प्रतिशत थियो।
चुक्तापुँजी १ अर्ब २४ करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २८.६० रुपैयाँ भएको छ। अघिल्लो वर्ष ईपीएस १७.२० रुपैयाँमा सीमित थियो। पीई रेसियो २९.३० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २६८.१८ रुपैयाँ रहेको छ।
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago