काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर आजबाट लिलामीमा राखिएको छ। 

आरएमडीसीमा रहेको एनआईसी एसियाको २ लाख २० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ४३४ रुपैयाँ तोकिएको छ। लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताहरुले बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। 

बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो चैत २३ गतेसम्म तोकिएको छ।