काठमाण्डौ । नेप्सेका अहिले सबै इन्डिकेटरहरुले बियरिस देखाइरहेको छ।

सुपर ट्रेन्ड तथा इचिमोकुजस्ता इन्डिकेटरहरुबाट हेर्दा बजार लामो समयदेखि बियरिस रहेको देखिन्छ। बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले तल्लो ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ। अर्थात्, मूल्यरेखाले तल्लो ब्यान्डलाई छोड्न नसकेको देखिन्छ। 

म्याक्डीमार्फत हेर्दा गत ७ अगस्टमा बियरिस क्रसओभर बनेको  हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ नै छन्। तर, आज बनेको हिस्टोग्राम फिक्का बनेको छ। 

आरएसआईमार्फत भने बजारले ओभर सोल्ड जोन २६ को तहमा ‘डब्ल्यू’ आकार बनेको छ (हेनुहोस् कालो एरो)। यसले बजार घट्ने क्रम रोकिएको भनेर बुझ्न सकिन्छ। तर, बजारको कन्फर्मेसनका लागि भने पिभट प्वइन्ट १८६४ भन्दा माथि–माथि कारोबार  भएमा बजारले अप ट्रेन्ड लिएको बुझिने छ। 

डाउ थेउरीमा भने बजार माथि नै गएको कन्फर्मेसनका लागि हायर लो बनाएर माथिको यात्रा तय गर्नुपर्ने हुन्छ।