काठमाण्डौ । आर्थिक वर्ष २०७८/७९ मा आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय प्रदर्शन सन्तोषजनक देखिएको छ।

संस्थाको आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणबाट यस्तो देखिएको हो। 

अघिल्लो वर्षको तुलनामा गत वर्ष संस्थाको खुद नाफा ४८.४५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष संस्थाले ९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर १३ करोड ५२ लाख रुपैयाँ भएको छ। 

समीक्षा वर्षमा संस्थाको सञ्चालन मुनाफा पनि ४९.६४ प्रतिशतले बढेर १९ करोड ३१ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १२ करोड ९० लाख रुपैयाँमा सीमित थियो।

गत वर्ष संस्थाले २३ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यस्तो आम्दानी १६ करोड २७ लाख रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी पनि ४६.३६ प्रतिशतले बढेको छ। 

समीक्षा वर्षमा संस्थाले ४ अर्ब ६४ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ४४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ३ अर्ब ७ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ४९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

संस्थाको रिजर्भको आकार ४१.१८ प्रतिशतले बढेर ९ करोड ५० लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ६ करोड ७२ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ८० करोड ५१ लाख रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १६.७९ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ईपीएस १२.४४ रुपैयाँ थियो।

पीई रेसियो ३३ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ रहेको छ। 

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ०.४९ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल ०.९९ प्रतिशत थियो।