काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गरेको छ।
समीक्षा अवधिसम्म संस्थाले ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६२.३४ प्रतिशतले बढी हो। गत वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा ४ करोड ८९ लाख रुपैयाँ रहेको थियो।
दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ६२.८९ प्रतिशतले बढेको छ। गत वर्षको यही अवधिसम्म ६ करोड ९६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिसम्म बढेर ११ करोड ३४ लाख रुपैयाँ भएको छ।
संस्थाले समीक्षा अवधिसम्म १४ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ९ करोड ४३ लाख रुपैयाँ रहेको थियो। ब्याज आम्दानी पनि ५६.३४ प्रतिशतले बढेको छ।
यो अवधिसम्म संस्थाले ५ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्षको यही अवधिसम्म संस्थाले ४ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
चुक्तापुँजी ८० करोड ५१ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार समीक्षा अवधिसम्म ४०.६७ प्रतिशतले बढेर १० करोड ९३ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म संस्थाको रिजर्भमा ७ करोड ७७ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ०.८१ प्रतिशत रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको एनपीएल ०.२८ प्रतिशत थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १२.१५ रुपैयाँबाट बढेर १९.७३ रुपैयाँ भएको छ। पीई रेसियो ३०.९७ गुणा रहेको संस्थाको प्रतिसेयर कुल नेटवर्थ १३२.४५ रुपैयाँ रहेको छ।
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago