काठमाण्डौ । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणालीमा शुक्रबार थप १० वटा विकास बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्।

राष्ट्र बैंकका अनुसार ८ वटा विकास बैंक र २ वटा वित्त कम्पनी आरटीजीएस प्रणालीमा आबद्ध भएका छन्। आरटीजीएस प्रणालीमा आबद्ध हुने बैंकहरुमा ज्योति, महालक्ष्मी, मुक्तिनाथ, कामना सेवा, गरिमा, सांग्रिला, साइन रेसुंगा र लुम्बिनी विकास बैंक छन्। 

त्यस्तै यो प्रणालीमा आईसीएफसी र मञ्जुश्री फाइनान्स पनि आबद्ध भएका छन्। 

यीसँगै अब यो प्रणालीमा आबद्ध हुने बैंक तथा वित्तीय संस्थाको संख्या ३७ पुगेको छ। यसअघि २७ वटा वाणिज्य बैंक यो प्रणालीमा आबद्ध भइसकेका छन्।