काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार (असोज २ गते) पनि खुला रहने भएको छ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८४ ख को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली खुला रहने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार भोलि आरटीजीएस प्रणाली बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ।