काठमाण्डौ । घोडेजात्राका अवसरमा भोलि शुक्रबार काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।
भोलि सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै आरटीजीएस प्रणालीमा नर्मल बिजनेस डे सञ्चालन जनाएको छ।
यसैगरी सूचनामा पर्सि शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने जनाइएको छ। यो दिन विकास ऋणपत्र २०८३ को १२ औँ किस्ता अर्धवार्षिक ब्याज भुक्तानीका लागि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु रहने सूचनामा जानकारी गराइएको छ।
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago